अब बस्ने मन्त्रिपरिषद बैठकले प्रदेशको अस्थायी मुकाम ताेक्ने

बैठकको भने टुंगो छैन


सरकारले प्रदेशको अस्थायी मुकाम ताेक्ने तयारी गरेको छ।

अब बस्ने मन्त्रिपरिषदकाे बैठकले प्रदेशसभाकाे बैठक बस्ने स्थान ताेक्ने कानूनमन्त्री यज्ञबहादुर थापाले सेताेपाटीलाई बताए। मन्त्रिपरिषद बैठक बस्ने मिति भने तय भइसकेको छैन। ‘अब बस्ने बैठकले अस्थायी स्थान ताेक्छ। याे राजधानी हाेइन’ उनले भने,‘हामीले सबैसँग छलफल गरेर गरेर अस्थायी स्थान ताेक्छाै।’ अबको बैठकले प्रदेश प्रमुखको समेत चयन गर्ने उनलेे बताए ।

राजनीतिभन्दा बाहिरका तर समाजमा ख्याति कमाएका व्यक्तिलाई प्रदेश प्रमुख नियुक्त गरिने उनले बताए ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.