पूर्वराजा र योगी आदित्यनाथबीच लखनऊमा भेट

तस्बिर स्रोत : योगी आदित्यनाथको ट्वीटर।


उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र पूर्वराजा ज्ञानेन्द्र शाहबीच भेट भएको छ।

भारतीय राज्य उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथको सरकारी  निवासमा सोमबार बिहान उनीहरूबीच भेट भएको हो।

योगी आदित्यनाथले पूर्वराजा ज्ञानेन्द्र शाहसँगको भेटका तस्वीर ट्वीटरमार्फत सार्वजनिक गरेका छन्। भेटमा के विषयमा कुराकानी भएको हो? भन्ने जानकारीमा आएको छैन। योगीले पूर्वराजा ज्ञानेन्द्रलाई अ‌ंगवस्त्र र कुम्भको लोगो उपहार दिएको बताएका छन्।

यसअघि पश्चिम नेपालको भ्रमणमा रहेका पूर्वराजा शाह आइतबार स्थलमार्ग हुँदै नेपालगञ्जबाट लखनऊ पुगेका थिए।

उनी केही दिन लखनऊ मै बस्ने कार्यक्रम छ।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.