जनतालाई सहज हुने गरी प्रदेशको अस्थायी मुकाम तोक्नुहोस् : राष्ट्रपति भण्डारी

फाइल तस्बिर


राष्ट्रपति विद्यादेवी भण्डारीले जनतालाई सहज हुने गरी प्रदेशको अस्थायी मुकाम तोक्न सरकारसँग आग्रह गरेकी छन्।

राष्ट्रपति भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा सरकारका हरेक निर्णय जनतालाई सहज हुनेगरी आउने विश्वास समेत व्यक्त गरिन्।

प्रदेश प्रमुखको नियुक्ति र त्यसको मुकाम तोक्ने विषयमा औपचारिक जानकारी गराउन सोमबार बिहान राष्ट्रपति भवन शीतलनिवास पुगेका  प्रधानमन्त्री देउवालाई उनले संविधानको परिधिभित्र रहेर सरकारले आफ्नो काम कार्वाहीलाई अघि बढाउने विश्वास समेत व्यक्त गरेका थिए।

जनतालाई सहज हुनेगरी प्रदेशको अस्थायी मुकाम तोक्न राष्ट्रपतिले सुझाव दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए।

त्यस क्रममा प्रधानमन्त्री देउवाले राष्ट्रिय सभाको निर्वाचनको तयारीको विषयमा पनि राष्ट्रपति भण्डारीलाई औपचारिक जानकारी गराएका थिए।सरकारले सम्बन्धित प्रदेशसभाले मात्रै प्रदेशको राजधानी तोक्ने पाउने संवैधानिक व्यवस्था रहेको उल्लेख गर्दै हाललाई अस्थायी मुकाम तोक्ने तयारी गरेको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.