प्रदेश ७ को राजधानी दिपायल माग गर्दै डोटीबासी आन्दोलित, गरे अनिश्चितकालीन बन्दको घोषणा


सरकारले प्रदेश ७ को अस्थायी मुकाम धनगढी बनाउने प्रस्ताव गरेसँगै डोटीबासी आन्दोलनमा उत्रिएका छन्।

भौतिक पूर्वाधारदेखि भौगोलिक दूरीका हिसाबले पनि दिपायल प्रदेश राजधानीका लागि उपयुक्त हुनुपर्छ भन्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन्।

बुधबार बिहान बसेको प्रदेश नं ७ को राजधानी दिपायल संघर्ष समिति बैठकले अनिश्चितकालीन जिल्ला बन्द गर्ने निर्णय गरेको हो ।

बन्द आह्वान गरेसँगै मुख्य बजारहरू बिहानैदेखि बन्द भएका छन् । सरकारी कार्यालय, बजार, गैरसरकारी संस्था, शिक्षण संस्थाहरू समेत बन्दले प्रभावित भएका छन् ।

सरकारले मंगलबार सात वटै प्रदेशको अस्थायी मुकामको खाका तयार पारेर सार्वजनिक गरेको थियो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सहरी विकास मन्त्रालयले सात वटै प्रदेशको अस्थायी मुकामको खाका तयार पारेको हो ।

अत्यावश्यकीय सवारी साधन चल्नमा भने कुनै रोक छैन। आफ्नो माग पूरा नभएसम्म अनिश्चितकालीन डोटी बन्द गरिने संघर्ष समितिले  जानकारी दिएको छ ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.