प्रधानमन्त्री देउवा र दाहालबीच भेटवार्ता


प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन्।

प्रधानमन्त्री निवास वालुवाटारमा भइरहेको वार्तामा प्रदेश प्रमुख नियुक्ति, राष्ट्रियसभाको निर्वाचनलगायतका विषयमा छलफल हुने प्रधानमन्त्री देउवाका प्रेस विज्ञ गोविन्द परियारले सेतोपाटीलाई जानकारी दिए

प्रधानमन्त्रीले पाँचै राष्ट्रिय दलका प्रमुख नेतासँग छलफल गरेपछि प्रदेश प्रमुख नियुक्त गर्ने र राष्ट्रिय सभाको निर्वाचन गर्ने तयारी गरेका छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.