समानुपातिक सूची सच्याउन छलफल गर्दै कांग्रेस

फाइल तस्बिर।


निर्वाचन आयोगले प्रदेशसभातर्फ समानुपातिक उम्मेदवारको सूची सच्याउन ६ राजनीतिक दलहरूलाई पत्राचार लगत्तै नेपाली कांग्रेसका शीर्ष नेताहरू त्रुटी सच्याउन छलफलमा जुटेका छन्।

मंगलबार बालुवाटारमा कांग्रेसका शीर्ष नेताहरू समानुपातिक त्रुटीबारे छलफलमा जुटेको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले बताए।

समानुपातिक त्रुटीबारेको छलफलको बारेमा शीर्ष नेताहरू जुटे पनि  निश्‍कर्ष भने अहिलेसम्म  निकाल्न नसकेको उनले बताए।

नेपाली कांग्रेस, राजपा, संघीय समाजवादी फोरम नेपाल, राप्रपा, राष्ट्रिय जनमोर्चा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चलाई प्रदेशसभातर्फ समानुपातिक उम्मेदवारको सूची सच्याउन आयोगले  सोमबार पत्राचार गरेको थियो।

आयोगका अनुसार क्रमभंग भएको, समावेसी नभएको, महिला हुनुपर्नेमा पुरुष भएको लगायतका समस्या देखिएकाले संशोधित सूची बुझाउन दलहरूलाई आग्रह गरेको हो।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.