केही दिन भित्रै वामपन्थी गठबन्धन नेतृत्वको सरकार बन्छ: सुवास नेम्वाङ


नेकपा एमालेका नेता सुवासचन्द्र  नेम्वाङले केही दिन भित्रै वामपन्थी गठबन्धन नेतृत्वको सरकार बन्ने दाबी गरेका छन्।

मदन भण्डारी स्पोर्टस एकेडेमीको नवौं स्थापना दिवसको अवसर पारेर सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले सो कुराको दाबी गरेका हुन्।

पूर्व सभामुख समेत रहेका नेता नेम्वाङले वामपन्थी नेतृत्वको सरकार बन्नलाई कुनै पनि शक्ति रोक्न नसक्ने चेतावनी  दिएका छन्। कार्यक्रममा बोल्दै उनले जनताले वाम गठबन्धनलाई सरकार बनाउन झण्डै दुई तिहाई मत दिएको स्पष्ट पारे।

नेता नेम्वाङले वाम गठबन्धन सरकारले चुनावी घोषणा पत्रमा जनाएको प्रतिबद्धता अनुसार मुलुकको खेलकुद क्षेत्रको विकासमा लागिपर्ने आश्वासन दिए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.