प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको अहिलेसम्म ८० प्रतिशतभन्दा बढी मतगणना सकिएको छ। बाँकी मतगणना जारी छ।
निर्वाचन आयोगको सूचना प्रणाली व्यवस्थापन शाखामा बिहीबार साँझ साढे ५ बजेसम्म प्राप्त विवरण अनुसार ८३ लाख ६७ हजार ४८ मत गणना सकिएको छ।
प्राप्त मतपरिणाम अनुसार, सबैभन्दा धेरै नेकपा एमालेले २८ लाख ३९ हजार ५५ मत अर्थात ३४ प्रतिशत मत पाएको छ। यस्तै दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २७ लाख ५३ हजार ६३० अर्थात ३३ प्रतिशत मत पाएका छ। माओवादी केन्द्रले अहिलेसम्म ११ लाख ४० हजार ४८ मत अर्थात १३.६२ प्रतिशत मत पाएको छ।
संघीय समाजवादी फोरम नेपालले ४ लाख ५ हजार ६ सय ४७ अर्थात ४.८४ प्रतिशत मत पुर्याएको छ। यस्तै ३ ला ५१ हजार ९२ अर्थात ४ प्रतिशत मतसहित राष्ट्रिय जनता पार्टीले थ्रेस होल्डका लागि चाहिने आवश्यक मत कटाएको छ।
यस्तै विवेकशील साझा पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले २ प्रतिशत मतसहित थ्रेस होल्ड पार गर्न संघर्षरत छन्।
हेर्नुहोस् कसले कति पाए
दल |
मत |
प्रतिशत |
नेपाल कम्युनिष्ट पार्टी (एमाले): |
२८९०५५ |
३४ |
नेपाली काँग्रेस: |
२७५३६३० |
३३ |
माओवादी केन्द्र |
११४००४८ |
१५ |
संघीय समाजवादी फोरम, नेपाल: |
४०५६४७ |
५ |
राष्ट्रिय जनता पार्टी नेपाल: |
३५१०९२ |
४ |
विवेकशील साझा पार्टी: |
१९०७२३ |
२ |
राष्ट्रिय प्रजातन्त्र पार्टी: |
१८४६२२ |
२ |
नयाँ शक्ति पार्टी, नेपाल: |
७३४८८ |
०.८८ |
राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक): |
७००४० |
०.८४ |
नेपाल मजदुर किसान पार्टी: |
५१७०५ |
०.६२ |
अन्य: |
३०६९९८ |
४ |