आज मन्त्रिपरिषद् बैठक बस्दै, प्रदेश प्रमुख र प्रदेश मुकाम तोक्ने सरकारको तयारी


मन्त्रिपरिषदको नियमित बैठक बिहिबार बस्दैछ।

कामचलाउ अवस्थामा रहेको सरकारले आजको बैठकबाट प्रदेशको अस्थायी मुकाम र लगत्तै प्रदेश प्रमुखको नियुक्ति गर्ने तयारी गरेको छ ।

एमालेले भने काम चलाउ सरकारले कुनै ठूलो निर्णय गरे आफ्नो सरकार बनेपछि उल्ट्याउने निर्णय गरेको छ।

एमालेका महासचिव ईश्वर पोखरेलले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ‘अहिलेको काम चलाउ सरकारले जारी गरेको सबै निर्णय नयाँ बन्ने वाम गठबन्धनको सरकारले खारेज गर्ने  छ।’

उता प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले भने प्रदेश प्रमुख नतोकिए प्रदेशसभाका जनप्रतिनिधिले सपथ समेत लिन नसक्ने भएकाले ‘स्वतन्त्र’ व्यक्तिलाई प्रमुखको रूपमा तोक्न लागिएको स्पष्ट पारेका छन् ।

पूर्वाधारका आधारमा

प्रदेश १ : धरान, इटहरी वा विराटनगर

प्रदेश २ : जनकपुर वा वीरगन्ज

प्रदेश ३ : ललितपुर वा भक्तपुर

प्रदेश ४ : पोखरा

प्रदेश ५ : दाङ वा बुटवल

प्रदेश ६ : सुर्खेत

प्रदेश ७ : दिपायल

अस्थायी राजधानी तोकेर प्रदेशसभा सञ्चालन गर्ने स्थल, प्रदेश प्रमुख, प्रदेशसभाका सभामुख र मुख्यमन्त्रीको कार्यालय लगायतस्थल तोक्ने तयारी भएको सहरी विकास मन्त्रालयले जनाएको छ ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.