राति ११: बजेसम्म समानुपातिकमा एमाले र कांग्रेस नेक टु नेक, क-कसले कटाउला थ्रेस होल्ड


मंगलबार राति साढे ११ बजेसम्म निर्वाचन आयोगले दिएको तथ्याङ्क अनुसार समानुपातिकतर्फ झण्डै आधा मतगणना भइसकेको छ। अहिलेसम्म तीन प्रतिशतको थ्रेसहोल्ड कटाउने प्रमुख तीन दलहरु एमाले, कांग्रेस र माओवादीसँगै उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम पनि छन्।

तीन प्रतिशत मत नपाए समानुपातिकमा सिट पाइँदैन। यद्यपी तीन प्रतिशत मत पुर्‍याउन राप्रपासँगै विवेकशील साझा र राजपा नेपाल संघर्षरत छन्। यी दलहरुले अहिलेसम्म दुई प्रतिशत मत कटाइसकेका छन्।

प्रत्यक्षतर्फ निकै पछि परेको नेपाली कांग्रेस समानुपातिकतर्फको मतमा भने एमालेलाई कडा टक्कर दिएर अगाडि बढिरहेको छ।

अघिल्लो निर्वाचनमा सबैभन्दा ठूलो दल बनेको कांग्रेसलाई यसपटक समानुपातिकतर्फ पनि एमालेले पछाडि पारिरहेको छ। कूल एक करोड ५ लाख ८७ हजार ५२१ मत खसेकोमा अहिलेसम्म ४६ लाख ५८ हजार ४२४ मत गन्दा एमालेले सबैभन्दा बढी १६६५०५३(३५.७४ प्रतिशत) मत ल्याएको छ। नेपाली कांग्रेसले भने १५७४१८१(३३.७९ प्रतिशत) मत प्राप्त गर्दै एमालेलाई पछ्याइरहेको छ।

यही अन्तिम परिणाम भएको भए एमालेले समानुपातिकबाट ४५ सिट पाउँथ्यो भने कांग्रेसले ४३ सिट पाउँथ्यो।

माओवादी तेस्रो स्थानमा छ अर्थात अहिलेसम्म उसले १४.१४ प्रतिशत मात्रै मत ल्याएको छ। माओवादीले यही आधारमा मत पाउने हो भने १८ सिट पाउँन सक्छ। यस्तै फोरमले ३.६६ प्रतिशत अर्थात ४ सिट पाउन सक्छ। प्रतिनिधि सभाका लागि समानुपातिकमा छुट्याएको ११० सिट मध्ये पाउनका लागि राजपाले २.४७ तथा २.२५ प्रतिशतसहित राप्रपा र २.२२ प्रतिशतसहित विवेकशील साझा संघर्षरत छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.