समानुपातिकमा एमाले–कांग्रेसबीच तीव्र प्रतिस्पर्धा


प्रदेश र प्रतिनिधिसभामा प्रत्यक्षतर्फको परिणाममा सबैभन्दा अगाडि रहेको वाम गठबन्धनको प्रमुख पार्टी नेकपा एमाले समानुपातिक मत गणनामा पनि सबैभन्दा अगाड छ। यता पछाडि देखिएको कांग्रेसले समानुपातिकतर्फ भने एमालेलाई कडा टक्कर दिइरहेको छ ।

मतगणना सकिएका अधिकांश जिल्लामा जारी मतगणनाको पछिल्लो परिणामले दुई दलबीच तीव्र प्रतिस्पर्धा देखिएको छ ।

निर्वाचन आयोगले दिएको मतगणनाको पछिल्लो परिणामअनुसार अहिलेसम्म गणना भएको ४२ लाख ४ हजार ४ मत मध्ये नेकपा एमालेले १५ लाख १९ हजार ३६ मत पाएको छ। एमालेलाई कडा टक्कर दिइरहेको कांग्रेसले अहिलेसम्म १४ लाख २६ हजार ७५७ मत ल्याएको छ।

तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले ६ लाख १ हजार ७ सय १९ मत, चौथो स्थानमा रहेको संघीय समाजवादी फोरमले १ लाख ४२ हजार ६ सय ८९ मत प्राप्त गरेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले ९४ हजार ६४०, विवेकशील साझा पार्टीले ९१ हजार ४ सय ८८ राष्ट्रिय जनता पार्टी नेपालले ८९ हजार ८ सय ९९, नयाँ शक्ति पार्टीले ४६ हजार ८ सय ९३ मत ल्याएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)ले ३१ हजार ४ सय ३२ राष्ट्रिय जनमोर्चाले ३० हजार ४ सय ४५ मत ल्याएका छन् भने अन्य विभिन्न साना दलले १ लाख २९ हजार १ सय ६ मत पाएका छन् ।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.