प्रत्यक्षतर्फ सबै मत परिणाम आइसकेको मोरङमा समानुपातिकतर्फ पनि ७५ प्रतिशत मत गणना भइसकेको छ।
अहिलेसम्म गणना भएको ३लाख ८१ हजार ६ सय २० मत गणनामा नेपाली कांग्रेसले १ लाख ३४ हजार ७ मत पाएको छ। यस्तै दोस्रो स्थानमा रहेको नेकपा एमालेले मोरङबाट अहिलेसम्म १ लाख २१ हजार ९६६ मत पाएको छ।
वाम गठबन्धनको प्रमुख घटक माओवादी केन्द्रले अहिलेसम्म ३८ हजार ७ सय ८९ मत पाएको छ भने संघीय समाजवादी फोरमले मोरङबाट २५ हजारभन्दा बढी मत ल्याएर चौधो स्थानमा पुगेको छ। राजपा र विवेकशीलले झन्डै उस्तै मत ल्याएका छन्।
हेर्नुहोस् कसको कति मत आयो?
नेपाली कांग्रेस |
१३४००७ |
नेकपा एमाले |
१२१९६६ |
माओवादी केन्द्र |
३८७८९ |
संघीय समाजवादी फोरम, नेपाल |
२५०८५ |
राष्ट्रिय जनता पार्टी नेपाल |
५७३६ |
विवेकशील साझा पार्टी |
५५१५ |
राप्रपा |
३४४३ |
अन्य |
१३७९३ |