सर्लाही ४ मा कांग्रेसका अमरेशले उछिने राजपाका मिश्रलाई

अमेरश कुमार सिंह


विवादका कारण आइतबार रातिदेखि स्थगित भएको सर्लाही ४ को मतगणना मंगलबार बिहान सुरू भएसँगै नेपाली कांग्रेसका अमरेश कुमार सिंहले १८ हजार २ सय ३० मत ल्याएर अग्रता लिएका छन्।

उनलाई सुरूदेखिनै उछिनरहेका राजपाका राकेशकुमार मिश्रले १७७५२ मत ल्याएर ४८७ मतले पछि परेका हुन्।

एउटा  बुथमा धेरै मत खसेको र मतपेटिकामा चारवटा मात्र सिलबन्दी गरिएको भन्दै त्यहाँ विवाद उत्पन्न भएको थियो। विवाद बढ्दै सोमबार जाँदा दुई पक्षबीच झडपसमेत भएको थियो।

निर्वाचन अधिकृत टेकेन्द्रप्रसाद सुवेदीका अनुसार ९२ हजार ५ सय ४३ मतदाता रहेको यो क्षेत्रमा ४१११९ मत गनिइसकेको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.