अमरेशको क्षेत्रमा स्थगित मतगणना बिहान ७ बजेदेखि सुरु गर्ने तयारी


विवादका कारण आइतबार रातिदेखि स्थगित भएको सर्लाही ४ को मतगणना मंगलबार बिहानदेखि सुरु गर्ने तयारी भएको छ।

एउटा  बुथमा धेरै मत खसेको र मतपेटिकामा चारवटा मात्र सिलबन्दी गरिएको भन्दै त्यहाँ विवाद उत्पन्न भएको थियो। विवाद बढ्दै सोमबार जाँदा दुई पक्षबीच झडपसमेत भएको थियो।

सो क्षेत्रमा कांग्रेसबाट अमरेशकुमार सिंह उम्मेदवार छन्। पछिल्लो मत परिणाममा राजपा उम्मेदवार राकेशकुमार मिश्र  सिंहभन्दा ४ सय मतले अगाडि छन्।

निर्वाचन अधिकृत टेकेन्द्रप्रसाद सुवेदीले अहिले सात बजेदेखि मतगणना पुनः सुरु गर्ने तयारी भइरहेको सेतोपाटीलाई जानकारी दिए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.