राजपा अध्यक्ष मण्डलका नेता राजकिशोर यादव विजयी


सिरहा क्षेत्र नंम्बर ४ बाट राजपा अध्यक्ष मण्डलका नेता राजकिशोर यादव विजयी भएका छन् ।

यादवले २१ हजार १ सय ४४ मत प्राप्त गर्दै जित हात पारेका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी अजय शंकर नायकले १७ हजार ५ सय ७५ मत प्राप्त गरे।

वाम गठबन्धनको राम्रो प्रभाव रहेको सिरहा यादवका लागि कठीन ठानिएको थियो। तर, उनले ३ हजार ५ सय ६९ मतले नायकलाई पराजित गरेका हुन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.