कांग्रेस नेता एवं अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सुनसरी ४ बाट प्रतिनिधिसभा सदस्यका लागि विजयी भएका छन्। सुरूवातदेखि अग्रता लिँदै आएका कार्कीले एमाले उम्मेदवार राजेन्द्र श्रेष्ठलाई ६ हजार ५ सय९७ मतान्तरले हराउँदै निर्वाचित भएका हुन्। कार्कीले ३२ हजार ३४७ मत पाए भने श्रेष्ठले २५ हजार ७५० मत पाएका छन्।
भोजपुरका कार्की यसअघि समानुपातिकबाट सभासद् बनेका थिए।