समानुपातिकमा एमालेको अग्रता कायमै, विवेकशील चौथोमा


अधिकांश जिल्लाहरुबाट प्रतिनिधि सभा र प्रदेश सभाको परिणाम आइसकेको छ। अहिलेसम्म १२६ स्थानको अन्तिम मतपरिणाम आइसकेको छ। योसँगै अब समानुपातिकतर्फ मतगणना सुरु भएको छ।

प्रारम्भिक मतपरिणाम बिहान साढे २ बजेसम्म ६ लाख १४ हजार ३ सय ४८ मत गन्दा वाम गठबन्धनकै नेकपा एमालेले अग्रता लिइरहेको छ। उसले ३७ प्रतिशत मत पाएको छ। यस्तै दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ३५ प्रतिशत मत पाएको छ।

यस्तै १७ प्रतशत मत ल्याएर माओवादी केन्द्र तेस्रो स्थामा यथावत छ। चौथो स्थानमा रहेको विवेकशील साझा पार्टीले १.५ प्रतिशत मत ल्याएको छ।

चौधो स्थानको राप्रपाले १.४ प्रतिशत मत ल्याएको छ। नयाँ शक्तिले १ प्रतिशत मत ल्याएको छ।


Free track counters

Lovely Counter

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.