चितनव क्षेत्र नं २ बाट एमालेका कृष्णभक्त पोखरेल विजयी


चितवन क्षेत्र नम्बर २ बाट नेकपा एमालेका कृष्णभक्त पोखरेल विजयी भएका छन्।

पोखरेलले ४४ हजार ६ सय ७० मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका शेषनाथ अधिकारीले २७ हजार ३ सय १४ मत प्राप्त गरे।

विजयी पोखरेल यसअघि २०७० मा संविधानसभाका सदस्य थिए। उनी एमालेका चितवन जिल्ला अध्यक्ष समेत हुन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.