नवलपरासी पूर्व क्षेत्र नं १ बाट हृदयेश त्रिपाठी विजयी


नवलपरासी (बर्दघाट सुस्तापूर्व) क्षेत्र नं १ बाट हृदयेश त्रिपाठी विजयी भएका छन्।

उनी एमालेको चुनाव चिन्ह सूर्य लिएर प्रतिष्पर्धामा उत्रिएका थिए। त्रिपाठीले ३८ हजार ५ सय ९२ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी देवकरण प्रसाद कलवारले ३३ हजार ५ सय ९१ मत प्राप्त गरे।

उनले एमालेको चुनाव चिन्ह लिए पनि आफू स्वतन्त्र उम्मेद्वार भएको दाबी गर्दै आएका छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.