‘फरार’ रेशम चौधरी चार गुणा मतले अगाडि


वारेस मार्फत उम्मेद्वारी दर्ता गराएका रेशमलाल चौधरी कैलाली-१ मा निकटतम प्रतिद्वन्द्वी भन्दा चार गुणा मतले अगाडि बढेका छन्।

प्रहरीको ‘मोस्ट वाटेण्ड’ सूचीमा रहेका चौधरीले हालसम्म ९ हजार ९ सय २४ मत प्राप्त गरेका छन्। उनको निकटतम प्रतिद्वन्द्वी एमालेकी मदनकुमारी शाहको हालसम्म केवल २ हजार १ सय ८४ मत छ।

चौधरी शाहको तुलनामा चार गुणा मतले अगाडि छन्। २०७२ साल भदौ ७ गते कैलालीको टीकापुरमा भड्किएको हिंसामा चौधरीलाई दोषी ठहर्याउँदै प्रहरीले उनलाई ‘मोस्ट वाण्टेड’को सूचीमा राखेको छ।

चौधरी उम्मेद्वारी दर्ता गर्न समेत आफैँ उपस्थित भएका थिएनन्। उनलाई राजपाले कैलाली-१ मा टिकट दिएको हो। चौधरी चुनाव प्रचारमा समेत सहभागी भएका थिएनन्। श्रीमती र छोरीले उनको चुनाव प्रचार प्रसार गरेका थिए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.