२ वडाको मत गन्न बाँकी हुँदा वामदेव १६ सय मतले पछाडि


बर्दिया क्षेत्र नम्बर १ मा एमालेका प्रभावशाली नेता वामदेव गौतमले आफ्नो मतान्तर घटाउँदै लगेका छन्।

कांग्रेस उम्मेवार सञ्जय गौतमसँगको उनको मतान्तर १ हजार ५० सय छ। पछिल्लो परिणाम अनुसार सञ्जयले ४२ हजार ८ सय १५ मत ल्याएका छन् भने वामदेवले ४१ हजार १ सय ६५ मत पाएका छन्।

यो क्षेत्रको बारबर्दिया नगरपालिकाका २ वटा वडाको मत गणना गर्न बाँकी छ। यी वडाका ४ हजार मत गन्न बाँकी छ। अब वामदेवले जित्नका लगि यही ४ हजार मतबाट २४ सय मत ल्याउनुपर्ने छ।

*नोट: सच्याइएको

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.