उपप्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले मतान्तर घटाएका छन्। गच्छदार मतगणनाको सुरुवात देखि नै एमालेकी भगवती चौधरी भन्दा पछाडि छन्।
गच्छदारले यो समाचार तयार पार्दासम्म १७ हजार २ सय ८३ मत प्राप्त गरेका छन्। चौधरीले १८ हजार ८ सय मत प्राप्त गरेकी छिन्।
यसअघि २ हजार मत भन्दा पछाडि रहेका गच्छदारले मतान्तर १५ सय १७ मा ल्याएका हुन्।
त्यहाँ हालसम्म आधा मात्र मतगणना भएको छ। निर्वाचन अधिकृत टीकाभुषण घिमिरेले सुनसरी-३ मा ८५ हजार मत खसेको जानकरी दिए।