२३ वर्षपछि नुवाकोटमा रामशरण पराजित, हितबहादुर विजयी


नुवाकोटको प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा रामशरण महतलाई हराउँदै वाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका नेता हितबहादुर तामाङ विजयी भएका छन्।

तामाङले नेपाली कांग्रेसका नेता रामशरण महतलाई ८ हजार ५ सय ५३ मतले हराउँदै विजयी भएका हुन्। निर्वाचन आयोगका अन्तिम मत परिणाम अनुसार हितबहादुर तामाङले ३६,४७३ मत ल्याए भने रामशरण महतले २७ हजार ९ सय २० मत ल्याए। महतले २०५१ सालपछि पहिलो पटक नुवाकोटमा चुनाव हारेका हुन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.