रामहरि खतिवडालाई एमालेका यज्ञराज सुनुवारले ५ हजारभन्दा बढी मतले हराए


ओखलढुंगामा रामहरि खतिवडालाई हराउँदै  प्रतिनिधिसभा तर्फ यज्ञराज सुनुवार भारी मतान्तरले बिजयी भएका छन् ।

मुख्य निर्वाचन अधिकृत कैलास केसीका अनुसार बाम गठबन्धन उम्मेद्वार तथा एमाले नेता सुनुवार ३२ हजार ५ सय ८० मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामहरी खतिवडालाई ५ हजार २ सय ५३ मतले पछि पारेका छन्। खतिवडाले २७ हजार ३ सय २७ मत ल्याएका छन् ।

ओखलढुंगाको प्रदेशसभा अन्तर्गत क्षेत्र नं क १ तर्फ पनि बाम गठबन्धनका एमाले उम्मेद्वार अम्बिरबाबु गुरुङ बिजयी भइसकेका छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.