प्रधानमन्त्री शेरबहादुर देउवा डडेल्धुरामा दोब्बर मतले अगाडि छन् । शनिबार बिहान पौने ६ वजे सार्वजनिक गरिएको मत परिणामअनुसार प्रधानमन्त्री देउवा कम्युनिष्ट गठबन्धनभन्दा दुई हजार ७२६ मतले अगाडि रहेका छन् ।
उनले प्रतिनिधिसभा सदस्यका लागि सम्पन्न निर्वाचनमा अहिलेसम्म पाँच हजार ४२६ मत प्राप्त गरेका छन् । प्रधानमन्त्री देउवालाई कम्युनिष्ट गठबन्धनबाट उमेदवार बनेका माओवादी नेता खगराज भट्ट दुई हजार ७०० मतले पछ्याइ रहेका छन् ।