नेपाली कांग्रेसले रसुवाबाट दोस्रो जीत हात पारेको छ। मंसिर १० गते सम्पन्न पहिलो चरण अन्तर्गतको प्रतिनिधिसभामा नेपाली कांग्रेसका मोहन आचार्यले १४ हजार ४ सय ५३ मत ल्याएर विजयी भएका छन्।
उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका जनार्धन ढकालले १० हजार २ सय ७८ मत ल्याएका छन्।
यस्तै प्रदेशसभातर्फ क मा नयाँ शक्तिका प्रेम तामाङ ७०४० मत ल्याएर विजयी भएका छन् भने ख तर्फ नेपाली कांग्रेसका प्रभात तामाङ ६९७६ मत ल्याएर विजयी भएका छन्।