मोरङमा मतगणनाको सुरुवातदेखि नै ६ वटै क्षेत्रमा पछि पर्दै आएको नेपाली काङ्ग्रेसले क्षेत्र नम्बर २ बाट अग्रता लिएको छ। मीनेन्द्र रिजालले बिहान ३ बजे झिनो मतको अग्रता लिएका हुन्।
निर्वाचन आयोगको पछिल्लो मत परिणाम अनुसार रिजालले आफ्ना प्रतिद्वन्द्वी एमालेका ऋषिकेश पोखरेललाई ९४ मतले पछि पार्दै अघि बढेका हुन्।
रिजालले १६ हजार ४ सय ४९ मत पाउँदा सुरूदेखि अगाडि रहेका पोखरेलले १६ हजार ३ सय ५५ मतमा समेटिएका छन्।