काठमाडौं क्षेत्र नं ५ र ७ मा मतगणना स्थगित


प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत काठमाडौं जिल्लाको निर्वाचन क्षेत्र नं ५ र ७ मा मतगणना स्थगित भएको छ।

शुक्रबार मध्यरातसम्म चलेको मतगणनाका बेला मुचुल्कामा उल्लेख गरिएको भन्दा बढी मतपत्र मत पेटिकामा भेटिएपछि विवाद सुरु भएको थियो ।

काठमाडौं ५ मा शुक्रबार साँझ नै मतगणना स्थगित भएको थियो। मुख्य निर्वाचन अधिकारी समेतको उपस्थितिमा विवाद मिलाउने प्रयास गरिए पनि विवाद नमिलेपछि मतगणना स्थगित भएको हो ।

त्यस्तै, क्षेत्र नं ७ मा पनि सोही समस्या देखिएपछि निर्वाचन स्थगित भएको हो। काठमाडौं निर्वाचन क्षेत्र नं ५ र ७ को मत गणना स्थल सहकारी विकास विभागको तालिम केन्द्र बानेश्वरमा अहिले सुरक्षाघेराभित्र मतपेटिका राखिएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.