काठमाडौं क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसले विजयी खाता खोलेको छ। प्रतिनिधि सभामा सबैभन्दा चर्चित क्षेत्र काठमाडौं १ बाट विवेकशील साझाका रविन्द्र मिश्रलाई ८सय भन्दा बढी मतान्तरले हराउँदै कांग्रेसका प्रकाशमान सिंह विजयी भएका हुन्। उनले १०९३६ मत ल्याएका छन्। मिश्रले १०११८ मत मात्र ल्याएका छन्।
यसैबीच विवेकशील साझा पार्टीका नेता मिश्रले आगामी दिनमा पार्टी र संगठनको सुदृढीकरणमा सक्रिय भएर लागिपर्ने भन्दै अर्को चुनावमा पार्टीलाई जित दिलाउनका लागि अहिलेको चुनावी नतिजाले आफूहरुमा उत्साह थपेको बताए। पार्टी गठन भएको छोटो अवधिमै यति धेरै मत आउनु सकारात्मक भएको र यसले आफूलाई उत्साह थपेको उनले बताए।
प्रकाशमान सिंहको जितसँगै प्रतिनिधिसभामा नेपाली कांग्रेसले जितको पहिलो खाता खोलेको छ। विगतमा दुई पटक संविधानसभामा जितेका सिंहले यो सँगै काठमाडौं १ बाट ह्याट्रिक गरेका हुन्।