काठमाडौं क्षेत्र नम्बर १ मा विवेकशील साझा पार्टीका रविन्द्र मिश्रले मतान्तर घटाएका छन्। सार्वजनिक भएको पछिल्लो मतगणना अनुसार नेपाली कांग्रेसका प्रकाशमान सिंहले ९२८९ मत ल्याएका छन्। उनलाई विवेकशील साझाका मिश्रले ८३५३ मत ल्याएर पछ्याइरहेका छन्।
यस्तै तेस्रो स्थानमा रहेका वाम गठबन्धनका उम्मेद्वार अनिल शर्माले मत बढाउँदै ४४६७ मत ल्याएका छन्।