मकवानपुर क्षेत्र नम्बर १ मा राप्रपा अध्यक्ष कमल थापा पछाडि लागेका छन्। हालै सार्वजनिक भएको मत परिणाम अनुसार उपप्रधानमन्त्रीसमेत रहेका थापालाई वाम गठबन्धनका कृष्ण दाहालले ५५ मत अन्तरले पछि पारेका छन् ।
वाम गठबन्धनका साझा उम्मेदवार एमालेका कृष्ण दाहालले ३ हजार ३ सय २२ मत पाएका छन् भने कांग्रेसको समेत समर्थन पाएका राप्रपा अध्यक्ष थापाले ३ हजार २ सय ६७ मत पाएका छन् ।
तेस्रो स्थानमा विवेकशील साझा पार्टीका सरोज कोइराला छन् । उनले १९० मत पाएका छन् ।