डोल्पामा एमालेका धनबहादुर बुढा विजयी


एउटा मात्रै प्रतिनिधिसभा सदस्य रहेको डोल्पामा वाम गठबन्धनबाट एमालेका धनबहादुर बुढा विजयी भएका छन् ।

बुढाले फराकिलो मतान्तरले कांग्रेसका अंगत बुढालाई हराएका हुन्।

निर्वाचन आयोगको अन्तिम मतपरिणाम अनुसार बुढाले ११ हजार ७६१ मत ल्याए भने कांग्रेसका अंगत बुढाले ३ हजार १६७ मत ल्याएका छन्।

यहाँ नेकपा मालेका हर्कबहादुर ठकुल्लाले २९९ र राष्ट्रिय जनमुक्ति पार्टीका अर्जुनबहादुर शाहीले २२ मत ल्याएका छन् ।

डोल्पाको प्रदेश क’ मा एमालेका उम्मेदवार विजय भइसकेका छन् भने ‘ख’ मा पनि माओवादीका उम्मेदवार दोब्बरमतले अगाडि छन् ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.