बिहान १ बजेसम्म कसले कति स्थानमा जित्यो (सूचीसहित)


प्रतिनिधि सभा र प्रदेश सभाको मतगणनाको अन्तिम परिणाम आउन थालेको छ।

पछिल्लो मत गणना अनुसार प्रतिनिधिसभा तर्फको १४ स्थानको मतपरिणाम सार्वजनिक भइसकेको छ। जसमा एमाले १०, माओवादी केन्द्र ३ र स्वतन्त्र उम्मेदवार १ स्थानमा विजयी भएका छन् भने कांग्रेसले पनि १ स्थानमा जित हासिल गरेको छ।

त्यसैगरी,प्रदेश सभातर्फ  एमालेले १६ स्थानमा  जित हासिल गरेको छ। कांग्रेसले ३ स्थानमा विजयी भएका छन् भने माअोवादीले १२ स्थानमा जित हासिल गरेको छ। स्वतन्त्रले १ र जनमोर्चाले १ स्थानमा विजयी भएका छन्।

यस्तै, एमाले–माओवादीको बाम गठबन्धन मतगणना जारी रहेका प्रतिनिधिसभा तर्फ एमाले ५९ स्थानमा अगाडि छ। माओवादी २५ स्थानमा अगाडि छ भने नेपाली कांग्रेस १८ स्थानमा अगाडि छ। अन्य साना दल १४ स्थानमा अगाडि छन्।

प्रतिनिधि सभामा विजयी हुनेहरू

नेकपा एमाले

  1. म्याग्दी- भुपेन्द्रबहादुर थापा (नेकपा एमाले)- २३ हजार ३०८ मत
  2. मनाङ- पाल्देन छोपाङ गुरुङ (नेकपा एमाले)-
  3. मुस्ताङ- प्रेमप्रसाद तुलाचन (नेकपा एमाले)
  4. मुगु- गोपालबहादुर बम (नेकपा एमाले)-१३ हजार ३४ मत
  5. बझाङ -भैरवबहादुर सिंह(एमाले)
  6. डोल्पा- धनबहादुर बुढा(एमाले)-११७६१
  7. बाजुरा -लालबहादुर थापा (एमाले)-२८०५८
  8. दार्चुला- गणशसिंह ठकुन्ना (एमाले)-२८९९८
  9. बाग्लुङ -सूर्यराज पाठक (एमाले) ३३६५७
  10. ताप्लेजुङ- योगेश भट्टराई(२९४७९)
  11.  ललितपुर- कृष्णलाल महर्जन

 

माओवादी केन्द्र

  1. पूर्वी रूकुम- कमला रोका (माओवादी केन्द्र)-१० हजार ४ सय ३४ मत
  2. रुकुम पश्चिम-जनार्दन शर्मा(माओवादी)-३४४०२
  3. बाग्लुङ २ -देवेन्द्र पौडेल (२८८२७)

अन्य

  1. हुम्ला- छक्कबहादुर लामा (स्वतन्त्र)

कांग्रेस

1 प्रकाशमान सिंह(१०९३६)

प्रदेशसभामा विजयी हुनेहरू

नेकपा एमाले

  1. जुम्ला-प्रदेशसभा ‘ख’ – पदमबहादुर रोकाय (एमाले)- १०४५८
  2. म्याग्दी – प्रदेश सभा ‘ख’ – नरदेवी पुन (एमाले)
  3. मुस्ताङ- प्रदेशसभा ‘क’ – इन्द्र धारा विष्ट (एमाले)
  4. मुस्ताङ- प्रदेश सभा ‘ख’- महेन्द्र बहादुर थकाली (एमाले)
  5. हुम्ला- प्रदेश सभा ‘क’- दलबहादुर रावल (एमाले)
  6. कालिकोट ‘क’-कुर्मराज शाही (एमाले)
  7. जाजरकोट ‘ख’ -करवीर शाही(एमाले)
  8. ओखलढुंगा ‘क’ -अंबिर गुरूङ(एमाले) १८०८
  9. धादिङ १‘क’- राजेन्द्रप्रसाद पाण्डे (एमाले) २७३३२
  10. डोल्पा १ क- नन्दसिंह बुढा (एमाले) ५४९०
  11. बझाङ -अर्जुनबहादुर थापा (एमाले) १३५११
  12. बाजुरा १ ख- प्रकाश शाह (एमाले) १८१८६
  13. बाजुरा १ क -बलदेव रेग्मी (एमाले)  ९८४०
  14. जाजरकोट १ ख- करविर शाह(१५१८५)
  15. धादिङ २ क- रामकुमार अधिकारी (२०३६८)
  16. ताप्लेजुङ १ क-बलबहादुर सामसोहाङ(१५४१७)

 

माओवादी केन्द्र

  1. म्याग्दी- प्रदेशसभा ‘क’- विनोद केसी (माओवादी केन्द्र)
  2. पूर्वी रूकुम – प्रदेश सभा ‘क’- तेजवहादुर ओली(माओवादी)
  3. पूर्वी रूकुम – प्रदेश सभा ‘ख’- पूर्णबहादुर घर्ती(माओवादी)
  4. पश्चिम रूकुम- प्रदेश सभा ‘क’- रातो कामी (नेकपा माओवादी)
  5. धादिङ १‘ख’- शालिकराम जम्मरकट्टेल (माओवादी) २३३८२
  6. धादिङ २ ‘क’ जगत सिंखडा -(माओवादी)
  7. डोल्पा‘ख’-वीरबहादुर शाही-६४१४ (माओवादी)
  8. पश्चिम रूकुम ‘ख’-गोपाल शर्मा (माओवादी) १८६६०
  9. बैतडी ‘क’ -प्रेम प्रकाश भट्ट (माओवादी)
  10. जुम्ला ‘क’- नरेश भण्डारी (माओवादी)
  11. बझाङ १ ख- देवकी मल्ल (१६७४३)
  12. ताप्लेजुङ १ ख- टंक आङ्वाङ लिम्बु (१२१९८)

 

नेपाली कांग्रेस

  1. हुम्ला- प्रदेशसभा ख -जीवनबहादुर शाही (नेपाली काँग्रेस) – ४५१९ मत
  2. रसुवा- प्रदेशतर्फ ‘क’ – प्रभात लामा (नेपाली कांग्रेस)
  3. मनाङ -चिन्तबहादुर घले (कांग्रेस) ९९८

अन्य

  1. मनाङ- प्रदेशसभा ‘क’- दीपक मनाङे (स्वतन्त्र)
  2. बागलुङ २ ‘ख’ टेकबहादुर घर्ती (जनमोर्चा) ११८८४

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.