धेरैको चासो रहेको काठमाडौँ क्षेत्र नम्बर १को पछिल्लो अपडेट अनुसार नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह अग्रस्थानमा छन्।
उनले आफ्ना निकटतम प्रतिद्वन्दी विवेकशील सझाका रविन्द्र मिश्रलाई ५ सय ६१ मतले पछि पारेका छन्।
सिंहले ४ हजार ६ सय १९ ल्याउँदा मिश्रले ४ हजार ५८ मत ल्याएका छन्।
वाम गठबन्धनका तर्फबाट माओवादीका उम्मेदवार अनिल शर्माले भने १ हजार ८ सय ८९ मत ल्याएर तेस्रो स्थानमा छन्।
*नोट: यो लिङ्कमा यसअघि राखिएको तथ्याङ्क गलत भएकाले सच्याइएको छ- सम्पादक