६ वटा क्षेत्र भएको मोरङका सबै क्षेत्रमा वाम गठबन्धनले अग्रता लिएको छ। क्षेत्र नम्बर ६ मा लालबाबु पण्डितले नेपाली कांग्रेसका शेखर कोइरालालाई १५ सय मतान्तरले पछि पारेका छन्।
हालै सार्वजनिक भएको पछिल्लो मत परिणाम अनुसार लालबाबु पण्डितले १० हजार २ सय ९७ मत ल्याएका छन्।
यस्तै कोइरालाले ८८३१ मत ल्याएका छन्।
यस्तै क्षेत्र नम्बर १ मा पनि वाम गठबन्धनका घनश्याम खतिवडा अगाडि छन्। घनश्याम खतिवडाले ९ हजार ७ सय ८६ मत ल्याएका छन्। उनलाई नेपाली कांग्रेसका डिग बहादुर लिम्बुले ८ हजार ९ सय ८४ मत ल्याएका छन्।
यस्तै माेरङ क्षेत्र नं. ४ मा १४११३ मत गन्दा संयुक्त वाम गठबन्धनका अमन माेदि ७ हजार ८४ मत ल्याएका छन्। उनलाई कांग्रेसका महेश अाचार्यले ५०४२ मत ल्याएका छन्।