स्याङ्जामा मतगणना सुरू हुन सकेन, मतगणना स्थल अगाडि झडप

स्याङ्जामा मतगणना सुरू हुन सकेन, मतगणना स्थल अगाडि झडप


मतगणना सुरू गर्ने विषयमा सर्वदलीय बैठक नबस्दा स्याङ्जामा मतगणना सुरू हुन सकेको छैन।

आफ्नो उम्मेद्वार पद्माकुमारी अर्याल माथि हातपात र दुर्व्यवहार भएको भन्दै स्याङ्जा-२ मा एमालेले मतगणना अगाडि बढाउन अस्वीकार गरेको हो।

उसका कार्यकर्ताले नाराबाजी गरिरहेका छन्। नाराबाजी रोक्न प्रहरीले लाठीचार्ज समेत गरेको छ।

शिक्षा मन्त्री समेत रहेका गोपालमान श्रेष्ठले बुथ कब्जा गरेको आरोप एमालेले लगाएको छ।

विवादका कारण त्यहाँका दुवै क्षेत्रमा मतगणना सुरू हुन सकेको छैन। दलहरूको सर्वदलीय बैठक समेत बसेको छैन। कब्जा भएको भनिएको स्थानमा एमालेले पुन: मतदानको माग गरेको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.