बाबुरामले लिए नारायणकाजी विरुद्ध १५ सय मतको अग्रता


गोरखा क्षेत्र नं २ मा बाबुराम भट्टराईले १५ सय ९२ मतको अग्रता लिएका छन्। २२ हजार ५ सय ६८ मतको गणना सकिदाँ भट्टराईले ११ हजार ३ सय ४१ मत प्राप्त गरेका छन्।

वाम गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले ९ हजार ७ सय ४९ मत ल्याएका छन्। मतगणना प्रारम्भ भएयता गोर्खा २ निकै प्रतिष्पर्धात्मक थियो। तर पछिल्लो समय नारायणकाजीसँग भट्टराईले क्रमश मतान्तर बढाउँदै लगेका हुन्।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.