झापा निर्वाचन क्षेत्र नम्बर १ मा कांग्रेसका विश्वप्रकाशलाई अग्रता


झापा निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका विश्वप्रकाश शर्माले सुरूवाती अग्रता लिएका छन्।

पछिल्लो पटक सार्वजनिक भएको मत परिणाम अनुसार झापा निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका नेता विश्व प्रकाश शर्माले १०८५ मत ल्याएर अग्रता  लिएका छन्। यस्तै बाम गठवन्धनमा उम्मेद्धार शुरेन्द्र कुमार कार्कीले ६४० मत ल्याएका छन्।

यता नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्ण सिटौला र राप्रपाका महामन्त्री राजेन्द्र लिङदेनको निर्वाचन क्षेत्रमा पनि बाम गठवन्धनका उम्मेद्धार राजेन्द्र लिङदेनले अग्रता लिएका छन्। उनले ३३४ मतको फरकले सिटौलालाई उछिनेका हुन । लिङदेनले ६५७ र सिटौलाले ३२३ मत पाएका छन ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.