रसुवाको प्रदेश सभा ‘क’ मा लोकतान्त्रिक गठबन्धन तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार प्रभात लामा विजयी भएका छन्। उनका प्रतिद्वन्दी वाम गठबन्धनका तर्फबाट नेकपा एमालेका उम्मेदवार कर्णेल लामालाई एक हजार ८ सय २४ मतातन्तरले पराजित गरेका हुन्।
विजयी लामाको ६ हजार ९ सय ७६ मत आएको थियो भने उनको प्रतिद्वन्दी एमालेका उम्मेदवार लामाको ५ हजार एक सय ५२ मत आएको थियो।