बझाङमा एमाले उम्मेद्वार सिंह विजयी


प्रतिनिधिसभा सदस्यमा बझाङका वामगठबन्धन उम्मेदवार भैरवहादुर सिंह विजयी भएका छन्। नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंहलाई ५ हजार ६ सय ५९ मतान्तरले हराउँदै एमाले नेता सिंह विजयी भएका हुन्।

सिंहले २८ हजार ८ सय ८१ मत प्राप्त गर्दा नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंहले २३ हजार २ सय २२ मत प्राप्त गरेका थिए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.