काठमाडौं निर्वाचन क्षेत्र नं. ४ को प्रारम्भिक मतपरिणाम अनुसार संयुक्त वाम गठबन्धनका एमालेका उम्मेदवार राजन भट्टराईले सुरुआती अग्रता लिएका छन् ।
राजनले १ हजार २ सय ३९ मत ल्याउँदा कांग्रेसका उम्मेदवार गगन थापाले १ हजार ४१ मत ल्याएका छन् ।
विवेकशील साझा पार्टीकी उम्मेदवार सुबुना बस्नेतले ४३ मत ल्याएकी छिन् ।