दाङको निर्वाचन क्षेत्र नं. १ मा पनि बामगठवन्धनकै अग्रता देखिएको छ। ५०३ वाम गठवन्धनका प्रतिनिधिसभा सदस्यका उम्मेदवार मेटमणि चौधरीलाई २९१ मत प्राप्त हुँदा नेपाली कांग्रेसी उम्मेदवार सुशीला चौधरीलाई १५५ मत प्राप्त भएको छ।
त्यसैगरी प्रदेशसभा १ मा वाम गठवन्धनका उम्मेदवार एवं माओवादी नेता इन्द्रजित थारुलाई ९७ मत प्राप्त हुँदा उनका निकटतम प्रतिद्धन्दी नेपाली काँग्रेसका प्रदीप थापालाई ५९ प्राप्त भएको छ।
त्यसैगरी प्रदेशसभा २ मा भने नेपाली काँग्रेसका जानकिलाल बस्नेतले लिड गरेका छन् । बस्नेतलाई ९८ मत प्राप्त हुँदा उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका नेता रेवतीरमण शर्मा घिमिरे एमाले ८३ मत प्राप्त भएको छ ।