रामेछापका सबै निर्वाचनमा वाम गठबन्धको फराकिलो अग्रता कायमै

रामेछापका सबै निर्वाचनमा वाम गठबन्धको फराकिलो अग्रता कायमै


पहिलो चरणको निर्वाचन भएको रामेछापमा प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मतगणना चलिरहँदा रामेछापका सबै सिटमा वामपन्थी गठबन्धनका उम्मेवारले फराकिलो अग्रता लिएका छन् ।

प्रतिनिधिसभाको एउटा क्षेत्र रहेको रामेछाप जिल्लामा बाम गठबन्धनका उम्मेदवार माओवादी नेता श्यामकुमार श्रेष्ठले ७ हजार ६ सय ६४ मतका साथ अग्रता लिइरहेका छन् ।

उनलाई नेपाली काँग्रेसका पूर्णबहादुर तामाङ कान्छारामले ५ हजार ६ सय ३० मतका साथ पछ्याइरहेका छन् ।

प्रदेश तर्फको क्षेत्र नं १ मा बाम गठबन्धनका एमाले उम्मेदवार शान्तिप्रसाद पौडेलले ४२९३ मतका साथ अग्रता लिएका छन्। उनलाई कांग्रेका रत्न कार्कीले ३३४३ मत ल्याएर पछ्याइरहेका छन्। यस्तै प्रदेशसभा ख मा पनि एमालेकै कैलाशप्रसाद ढुंगेलले फराकिलो मतान्तर सहित अग्रता लिएका छन्। उनले  ५३४७ मत ल्याएका छन् भने कांग्रेसका जीतबहादुर मगरले २३८१ मत ल्याएका छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.