पाँचथरमा नेम्वाङको अग्रता झनै बढ्यो (अपडेट)

पाँचथरमा नेम्वाङको अग्रता झनै बढ्यो (अपडेट)


प्रतिनिधि सभा सदस्य पदमा बाम गठबन्धनका उम्मेद्वार वसन्तकुमार नेम्वाङले आफ्नो अग्रता अझै बढाएका छन् । १९५ मत गणना हुँदा नेम्वाङले ९६८२ मत प्राप्त गरेका छन् । लोकतान्त्रिक गठबन्धनका भीष्मराज आङ्देम्बेले ७२५१ मत प्राप्त गरेका छन् ।

यस अघि प्रकाशित नतिजामा २३०६ मतले अघि रहेका नेम्वाङले पछिल्लो परिणामबाट २४३१ मतका साथ अग्रता गरिरहेका छन् । नेम्वाङको अग्रता क्रमश बढ्दो छ । पाँचथरमा ७७ हजार ६८२ मत खसेको थियो ।

पछिल्लो परिणाम अनुसार संघीय समाजवादी फोरमका प्रेमराज लावतीले ३७७ मत, संघीय लिम्बुवान मञ्चका सागर केरुङले ४०५ मत, मालेका दीनानाथ घिमिरेले २७८ मत प्राप्त गरेका छन् ।
अहिले सम्ममा १५६३ मत वदर भएको छ ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.