उम्मेदवारी दर्तादेखीनै चर्चामा आएको धनुषा क्षेत्र नम्बर ३ को प्रतिनिधि सभा निर्वाचनको मतगणना सुरु भएको छ।
नेपाली कांग्रेसका बिमलेन्द्र निधि र राष्ट्रिय जनता पार्टीको शीर्ष नेतृत्वमा रहेका राजेन्द्र महतोको भिडन्तले धनुषा ३ लाई चर्चामा ल्याईदिएको छ।
धनुषा निर्वाचनमा निर्णायक भनिएका सञ्जय साहको समर्थन कांग्रेसका निधिलाई छ। वामगठबन्धनले सहयोगले ढुक्क देखिएका महतोले आफूले चुनाव जित्ने दाबी गर्दै आएका छन्।