गगन थापाको क्षेत्रमा मतगणना सुरू

गगन थापाको क्षेत्रमा मतगणना सुरू

तस्बिरः नारायण महर्जन


काठमाडौं क्षेत्र नम्बर चारको मतगणना सुरू भएको छ। क्षेत्र नम्बर ४ मा कांग्रेसका गगन थापा र वा गठबन्धनका राजन भट्टराई प्रतिस्पर्धामा छन्।  मुख्य निर्वाचन अधिकृत रमेशराज पोखरेलका अनुसार यसअघि नै काठमाडौंका क्षेत्र नम्बर १, ५ र ६ को मतगणना सुरु भएको थियो।

काठमाडौं १ मा कांग्रेसका प्रकाशमान सिंह, वाम गठबन्धनबाट माओवादीका अनिल शर्मा र साझा विवेकशील पार्टीका रविन्द्र मिश्रबीच प्रतिस्पर्धा हुने अनुमान छ ।

यसैगरी क्षेत्रनम्बर ५ मा एमालेका ईश्वर पोखरेल, कांग्रेसका डा. प्रकाशशरण महत र साझा विवेकशील पार्टीका उज्जवल थापा उम्मेदवार छन् ।

यसैगरी क्षेत्रनम्बर ६ मा कांग्रेसका भिमसेनदास प्रधान र माओवादीका झक्कु सुवेदीबीच प्रतिस्पर्धा हुने अनुमान छ ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.