११ जिल्लामा मतपेटिका संकलन जारी

११ जिल्लामा मतपेटिका संकलन जारी


निर्वाचन आयोगका अनुसार बिहिबार निर्वाचन भएका ४५ जिल्लामध्ये ११ जिल्लाको मतपेटिका संकलन अझै जारी रहेको छ।

पहिलो चरणमा निर्वाचन भएका जिल्लाहरूको मतपरिणाम आइरहँदा दोश्रो चरणमा निर्वाचन भएको ललितपुरको मात्र मतगणना भैरहेको छ। निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्रबाट बिहान १० बजे प्राप्त जानकारीअनुसार, तेह्रथुम जिल्लाको ५७ मध्ये २०, सिन्धुली जिल्लाको १३७ मध्ये १८, काभ्रेपलान्चोकको १८९ मध्ये ३, नवलपरासी पूर्वको ११२ मध्ये १३, प्युठानको १५१ मध्ये ३ वटा मतपेटिका ल्याउने क्रममा छन् ।

त्यसैगरी, सल्यानको १११ मध्ये ३३, दैलेखको १३६ मध्ये २२, सुर्खेतको १३८ मध्ये ८, डोटीको ११५ मध्ये २२, कैलालीको २३१ मध्ये १४, डडेल्धुराको ७७ मध्ये २१ मतदान स्थलका मतपेटिकाहरू ल्याउँदै गरेको अवस्थामा छन्।

मुस्ताङ, मनाङ र रुकुम पूर्वको पहिलो हुने निर्वाचित हुनेतर्फको मतगणना सम्पन्न भइसकेको आयोगेले जनाएको छ। ती जिल्लामा अब समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभा र प्रदेशसभातर्फको मतगणना सुरू भएको छ।

दोस्रो चरणमा मतदान सम्पन्न भएका ४५ जिल्लामध्ये मतपेटिका संकलन भई उपत्यकाको ललितपुरका दुईवटा निर्वाचन क्षेत्रको मतगणना कार्य सुरू भइसकेको र क्षेत्र नं. १ को मतगणना सुरू गर्ने तयारी हुँदैछ।

त्यसैगरी, काठमाडौं तथा भक्तपुर जिल्लाका मतपेटिका संकलन भइसकेकाले केही बेरमै मतगणना सुरू हुने जानकारी आयोगलाई प्राप्त भएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.