बाजुरामा प्रतिनिधिसभा कांग्रेस र प्रदेशसभामा वाम अगाडि


बाजुराको पछिल्लो मतपरिणाम अनुसार प्रतिनिधि सभामा नेपाली कांग्रेसका कविराज पण्डित ८ हजार ७ सय ४१ मतले अग्रस्थानमा छन् भने बामगठबन्धनका लालबहादुर थापाले ८ हजार ५ सय ६९ मत ल्याएका छन्।

यस्तै प्रदेशसभा (क) मा कांग्रेसका जनकराज गिरीले ६ हजार ३ सय ७८ मत ल्याएका छन् भने बामगठबन्धनका बलदेव रेग्मीले ७ हजार ४ सय ४२ मत ल्याएका छन्।

प्रदेश सभा (ख) मा कांग्रेसका पदम शाहीले ७ हजार ३ सय ६८ मत ल्याएका छन्। त्यस्तै बाम गठबन्धनका प्रकाश शाहले १० हजार ८१ मत ल्याएका छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.