प्रदेश नम्बर एकमा पहिलो चरणमा चुनाव भएका ७ जिल्लाको मतगणना बिहिबार साँझदेखी सुरु भएको छ। पहिलो चरणमा मंसिर १० गते चुनाव भएका ओखलढुंगा, सोलुखुम्बु, भोजपुर, संखुवासभा, ताप्लेजुङ, पाँचथर र खोटाङमा मतगणना सुरु भएको हो।
ओखलढुंगामा प्रतिनिधिसभा तर्फ वाम गठबन्धनका उम्मेदवार एमाले नेता यज्ञराज सुनुवार ९१३६ मतसहित अग्रस्थानमा छन्। सुरूवाती परिणाम अनुसार उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार रामहरि खतिवडा पछाडि छन्। खतिवडाले ७७५१ मत ल्याएका छन्।
यस्तै ताप्लेजुङमा वाम गठबन्धनका उम्मेदवार एमाले सचिव योगेश भट्टराईले प्रारम्भिक अग्रता लिएका छन्। भट्टराईले ११ हजार ३ सय ५८ मत पाउँदा कांग्रेसका केशवप्रसाद दाहालले ७३४३ मत पाएका छन्।
पाँचथरको प्रारम्भिक मत परिणाममा वाम गठबन्धन अगाडि छ। बाम गठबन्धनका बसन्तकुमार नेम्वाङ ७४५१ र कांग्रेसका भीष्मराज आङ्देम्वे ५८०३ मत प्राप्त गरेका छन्।
यस्तै खोटाङमा पनि बाम गठबन्धन अगाडि छ। त्यहाँ बाम गठबन्धनका विशाल भट्टराई ८११६ र कांग्रेसकी सरस्वती वजिमयले ५३२१ मत ल्याएका छन्।
सोलुखुम्बुको प्रतिनिधि र प्रदेशसभा ‘क’ र ‘ख’ मा वाम गठबन्धन अगाडि रहेको छ । माओवादी केन्द्रका पोलिटब्यूरो सदस्यसमेत रहेका हेमकुमार राईले ५७५५ र नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका पूर्व मन्त्री बलबहादुर केसीले ३९५५ मत प्राप्त गरेका छन्।
यस्तै प्रदेश सभा ‘क’ तर्फ वाम गठबन्धनका एमाले उम्मेदवार उत्तमकुमार बस्नेत २२०२ मतसहित अगाडि छन् भने नेपाली कांग्रेसका उम्मेदवार प्रकाशसिंह कार्की १४१० मत सहित पछ्याई रहेका छन्।
त्यस्तै प्रदेश सभा ‘ख’ मा वाम गठबन्धनका एमाले उम्मेदवार बुद्धिकुमार राजभण्डारी २६९७ मतसहित अगाडि हुनुहुन्छ भने नेपाली कांग्रेसका उम्मेदवार आङ्गगेलु शेर्पा २२४१ मतसहित पछ्याई रहेका छन्।
भोजपुर प्रतिनिधि सभा तर्फ सुदन किराती (बाम गठबन्धन) उमेद्धवारले ६ हजार ९४ मत ल्याएका छन्। यस्तै उमेशजंङ्ग रायमाझी (लोकतान्त्रिक गठबन्धन ) का उमेद्धवारले ४ हजार १ सय ९६ मत ल्याएका छन्।
यस्तै प्रदेश सभा (क) मा राजेन्द्र कुमार राई (बाम गठबन्धन ) का उमेद्धवारले ३ हजार ६ सय ३१ मत र संघीय समाजवादी फोरमका अजम्बर राई काम्बाङले २ हजार १ सय ९६ मत पाएका छन्। प्रदेश सभा (ख) मा शेरधन राई (बाम गठबन्धन) का उमेद्धवारले ८९७२ र गोविन्दबहादुर कार्की (लोकतान्त्रिक गठबन्धन) का उमेद्धवारले ३०१८ मत ल्याएका छन्।
यस्तै संखुवासभामा पनि वाम गठबन्धनका उम्मेद्वारले अग्रता लिएका छन्। वाम गठबन्धनका राजेन्द्र गौतमले १९८६ मत पाएक छन् भने नेपाली कांग्रेस दीपक खड्काले १९०२ मत ल्याएका छन्।