शुक्रबार बिहान १० बजेसम्म प्रतिनिधिसभाका तीन तथा प्रदेशसभाका ५ निर्वाचन क्षेत्रको मतगणना सार्वजनिक भएको छ। जसमध्ये एमालेले ४, माओवादी केन्द्रले २, नेपाली कांग्रेस र स्वतन्त्रका एक-एक उम्मेदवार बिजयी भएका छन् ।
प्रतिनिधिसभा अन्तर्गत मनाङ र मुस्ताङमा एमाले विजयी भएको छ। मनाङमा पाल्तेन गुरुङ र मुस्ताङमा प्रेम तुलाचन बिजयी भएका छन्। यस्तै मुस्ताङका दुवै प्रदेशसभामा एमाले उम्मेदवार विजयी भएका छन्। मुस्ताङको प्रदेशसभा – क मा एमालेका इन्द्र डादु विष्ट तथा प्रदेश सभा –ख मा एमालेका महेन्द्र प्रसाद थकाली बिजयी भएको छ ।
माओवादी केन्द्रले प्रतिनिधिसभा अन्तर्गत पूर्वी रुकुममा विजय हात पारेको छ। माओवादी केन्द्रकी कमला रोका विजयी भएकी छिन् । माओवादी केन्द्रले प्रदेशसभा अन्तगत पूर्वी रुकुमको क मा पनि बिजय हात पारेको छ । माओवादी केन्द्र तेज बहादुर ओली त्यहाँ बिजयी भएका हुन् ।
प्रदेशसभा अन्तर्गत मनाङ ‘क’ मा कांग्रेसका चिन्त बहादुर घले बिजयी भएका छन्। मनाङमै स्वतन्त्र उम्मेदवारी दिएका दिपक मनाङ्गे भनिने राजिव गुरुङ बिजयी भएका छन्।